Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जान्नुहोस्, यौन चाहना बढाउने तत्व

काठमाडौं । निश्चित समय निश्चित परिस्थितिमा महिला वा पुरुष दुवैमा यौइच्छा हुनु स्वभाविक हो कहिलेकाहीँ विभिन्न कारणले योनइच्छा हुनु स्वभाविक हो । कहिलेकाहीँ विभिन्न कारणले योनइच्छा नहुन सक्छ । अझ हाम्रो जस्तो पुरुषप्रधान समाजमा महिलाहरु दबाइएको अबस्थामा हुन्छन् । यी सबै कुराले गर्दा पुरुषको तुलनामा महिलामा कम योनइच्छा देखा पर्न थालेको छ तर विभिन्न अध्ययनले के देखाउँछन् भने यौनइच्छा कम भएका महिलाले आवश्यक मात्रामा केही पोषक तत्व खाए सामान्य अवस्थामा फर्कन सक्छन् ।

म्याग्नेसियम
म्याग्नेसियमले शरीरको मासुलाई दह्रो बनाउन र आनन्द प्रदान गर्न मद्दत गर्छ प्रत्यक दिन ३ सय २० किलोग्राम म्याग्नेुयमयुक्त खाना खाँदा थकानको कारण यौनसम्पर्क गर्न मन नलाग्ने समस्याबाट पार पाईने डाइटिसियन सिडी क्लिंगर बताउँछन् ।

भिटामीन डी
भिटामीन डीको कमीले शरीरका हड्डी कम्जोर हुन्छन् । यसले महिलामा युटी आईमा पनि इन्फेक्सन हुन सक्छ । युटी आई इन्फेक्सन हुँदा तल्लो पेट दुख्ने तथा यौनइच्छा नहुने स्त्रीरोग विशेषज्ञहरु बताउँछन् । सुखमय योनसम्पर्क चाहनेहरुले उचित मात्रामा भिटामीन डी सेवन गर्नुपर्छ ।

फाइबर
फाइबरले शरीरमा एस्ट्रोजोनको श्रावमा मद्दत पर्याउछ । एस्ट्रोजोन हार्मोनले महिनावारी हुनु अघिको पीडा कम गर्न मद्दत गर्छ । यसका साथै फाइबरले महिलाको पिसाबमा हुने खराबीलाई समेत कम गर्छ ।

क्याल्सियम म्याग्नेसियम तथा भिटामीन सी
यी तीनवटा तत्वले मानिसमा हुने मानसिक तनाव कम गर्न हार्मोन उत्पादन तत्वयुक्त खाद्य पदार्थ नियमित सेवन गर्दा पनि तनाव कमी हुन्छ । बिहान उठ्नासाथ यी तिनै चिज मिसाएर एक चम्चा सेवन गर्नु उपयुक्त हुन्छ । कान्तिपुर साप्ताहिकबाट साभार

कमेन्ट गर्नुहोस्

%d bloggers like this: