Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जुम्लामा पहिलो पटक महिला सिडिओ

जुम्ला, फागुन १७ । जुम्लामा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) को रुपमा दुर्गा बञ्जाडेले जिम्मेवारी सम्हालेकी छिन्। उनले आज बिहान १० बजे जहाजबाट पुग्ने वित्तिकै कार्यभार समालेकी हुन्। २०२४ सालदेखि हालसम्म ४० वटा सिडिओ परिवर्तन भइसकेका छन्। अहिले सिडिओको जिम्मेवारीमा जुम्ला आएकी दुर्गा बञ्जाडे ४० औ सिडियो हुन।

पहिलो पटक महिला सिडिओ पाउँदा स्थानीय निकै खुसी छन्। उनीहरुले कानुन कार्यान्वयनको अवस्था बलियो हुँदै जानुका साथै यहाँका हरेक क्रियाकलापमा इमान्दारिता र पारदर्शिताको संस्कृतिको विकास हुँदै जाने अपेक्षा गरेका छन्। सिडिओ बञ्जाडे जुम्लाको हरेक सकारात्मक अभियानमा सबै एक साथ भएर लाग्ने बातावरण सिर्जना गर्ने बताउँछिन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: