Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दार्चुलामा जिप दुर्घटना, १ नाबालकसहित ११ जनाको मृत्यु (अपडेट)

दार्चुला, फागुन १८ । सदरमुकाम खलंगाबाट दुहु गाउँपालिका हिकिला गइरहेको जिप दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । राति करिब ८ बजेतिर दुहु गाउँपालिका ३ राताकाठाभीरमा म १ ज २८० नम्बरको जिप सडकबाट करिब तीन सय मिटर तल खस्दा १ नाबालकसहित ११ जनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा एकजना गम्भीर घाइते छन् ।

सडकबाट तल महाकाली नदी किनारमा खसेको जिपमा चालकसहित १२ जना सवार रहेको खुल्न आएको छ । प्रहरीले घटनास्थलमा ७ जना महिला, तीन पुरुष र एक नावालकको शव फेला पारेको दार्चुलाका निमित्त प्रहरी प्रमुख रविन्द्र कठायतले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दार्चुला र सीमा सुरक्षा गुल्म दार्चुलाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनास्थलबाट गाडी चालक दिपकसिंह धामीको घाइते अवस्थामा उद्दार गरिएको छ । गम्भीर घाइते चालक धामीलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि जिल्ला बाहिर रिफर गरिएको अस्पतालले जनाएको छ ।

२०७४ वैशाखमा जिल्ला यातायात समितिको बैठकले दार्चुला-तिंकर सडकको राताकाठा भीरमा यातायात सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको थियो । दुहु गाउँपालिका ५ गरमोरासम्म यातायात सञ्चालन गर्न र श्रीबगडदेखि तिमुरबाटासम्मको सडक साघुरो र भीर क्षेत्र भएकोले कुनै पनि समयमा दुर्घटना हुन सक्ने भन्दै उक्त बैठकले यातायात सञ्लनमा रोक लगाएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: