Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वामदेव भन्छन्, ‘पार्टीले निर्णय गरेपनि म रविन्द्रको क्षेत्रबाट उम्मेदवार बन्दिनँ’

काठमाडौं, फागुन १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता वामदेव गौतमले रविन्द्र अधिकारीको निधनपछि खाली भएको निर्वाचन क्षेत्रमा आफू उम्मेदवार नबन्ने स्पष्ट पारेका छन् । शुक्रबार अधिकारीलाई श्रद्धाञ्जली दिन पोखरा पुगेका गौतमले रविन्द्रको क्षेत्रबाट चुनाव उठ्ने आशा राखेको आरोप लगाई आफू विरुद्ध कुप्रचार गरिएको आरोप लगाए । शनिबार प्रेस विज्ञप्ति जारी गरेर गौतमले भने ‘पार्टीले निर्णय गरेपनि म रविन्द्र अधिकारीको क्षेत्रबाट उम्मेदवार बन्दिनँ ।’

‘नेपाली राजनीतिक आकाशमा उज्जवल भविष्य सहित उदाएका प्रीय कमरेड रविन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार बन्ने आशा राखेको आरोप लगाइएको छ। यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरु गरिएको कु-चार मात्र हो ।’ उनले जारी गरेको प्रेस विज्ञप्ति उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: