Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ब्राजिलका पूर्वराष्ट्रपतिलाई नातीको अन्त्येष्टिमा जान अनुमति

एजेन्सी । काराबासमा रहेका ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भालाई आफ्नो नातीको अन्त्येष्टिमा सहभागी हुन अनुमति दिइएको छ ।

उनको सात वर्षे नाती अर्थर अराउजो जुला दा सिल्भाको शुक्रबार विहान निधन भएपछि अदालतले शुक्रबार नै उनलाई अन्त्येष्टिमा सहभागीताका लागि अनुमति दिएको हो ।

अदालतले अनुमति दिएपछि शनिबार हुने अन्त्येष्टि कार्यक्रममा उनको सहभागीता रहने अधिकारीहरुले जनाएका छन् । अन्त्येष्टिमा सहभागी हुन उनी साओ पाउलोमा जाने कार्यक्रम रहेको छ । सो ठाउँ लुला परिवारको बाक्लो बस्ती भएको ठाउँ मानिन्छ । कडा सुरक्षा व्यवस्थासहित उनी विमानबाट कार्यक्रम स्थलमा पुग्ने कार्यक्रममा सहभागी भएका छन् ।

ब्राजिलको कानुनमा काराबासमा रहेका व्यक्तिलाई बुवा आमा, सहोदर भाइबहिनी, छोराछोरी वा नाती नातिना जस्ता निकटस्थको अन्त्येष्टि समारोहमा छोटो अवधिका लागि सहभागी हुन अनुमती दिन सक्ने व्यवस्था रहेको छ । ब्राजिलमा सैनिक शासन रहेका बेला जवरजस्ती काराबासमा राखिएका लुलालाई त्यतिबेला पनि आफ्नी आमाको अन्त्यष्टिमा सहभागी हुन दिइएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: