Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वान डे सिरिजः राशिद खानको छक्कासँगै वर्षा!

काठमाडौं, फागुन १८ । आयरल्याण्ड र अफगानिस्तान बीचको एकदिवसीय सिरिजको दोस्रो खेलमा वर्षा बाधक भएको छ । अफगानिस्तानले ४८.३ ओभरको अवस्थामा पानी परेपछि खेल अवरुद्ध भएको हो । राशिद खान र इक्रम अलि खलि ब्याटिङमा रहेका बेला वर्षा परेको हो । राशिदले ४८.२ ओभरमा छक्का प्रहार गरेसँगै वर्षा भयो । र, अहिले खेल अवरुद्ध भएको छ ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको अफगानिस्तानले ४८.३ ओभरको खेल सकिदा ७ विकेट गुमाउँदै २५० रन बनाएको छ ।उसका लागि हजरतुल्लाह जजाईले सर्बाधिक ६७, रहमत शाहले ५४, हसमुत्लाह शाहहिदीले ५२, मोहम्मद नाबिले २४, जावेद अहमदीले २२ रन बनाए । बलिङमा आयरल्याण्डका जर्ज डक्रेलले ३, एन्डी म्याकब्रिनले २, ब्याइड रकिंन, सिमी सिंहले एकएक विकेट लिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: