Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दार्चुला जीप दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं, फागुन १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले दार्चुलामा भएको जीप दुर्घटनामा परेर ज्यान गुमाएकाप्रति श्रद्धान्जली व्यक्त गरेका छन्। त्यहाँको दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति जीप दुर्घटना हुँदा ११ जनाको निधन भएको थियो।

उक्त दुर्घटनाप्रतिच दुःख व्यक्त गर्दे प्रचण्डले भनेका छन्, ‘११ जनाको मृत्युको खबरले अत्यन्त मर्माहत भएको छु। उक्त दुर्घटनामा परी निधन हुनुभएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु ।’

दुर्घटनामा परी निधन भएका परिवारजनलाई उचित क्षतिपूर्तिको माग गर्दै नेपालका पहाडी भू–भागहरुमा भइरहेका यसप्रकारका सडक दुर्घटना न्यूनिकरण गर्न सम्बन्धित सबैमा पनि प्रचण्डले आग्रह गरेका छन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: