Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अष्ट्रेलियालाई पहिलो सफलता, शिखर शून्य रनमै आउट!

काठमाडौं, फागुन १८ । एकदिवसीय सिरिजको पहिलो खेलमा अष्ट्रेलियाले दिएको २३७ रनको लक्ष्य पछ्याउने क्रममा भारतले दोस्रो ओभरमै विकेट गुमाएको छ ।

उसले पहिलो विकेटका रुपमा शिखर धवनलाई शून्य रनमै गुमाएको हो । उनलाई नाथन कटरटर नाइलले आउट गरे । यसअघि, टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २३६ रन बनायो ।

उसका लागि उश्मान ख्वाजाले सर्बाधिक ५०, ग्लेन म्याक्सवेलले ४०, मार्कस स्टिनोइसले ३७, पीटर ह्यान्सकम्बले १९, एशटन टर्नरले २१, नाथन कटरटर नेलले २८ र एलेक्स क्यारीले नटआउट ३६ रन प्रहार गरे ।

बलिङमा भारतका कुलदिप यादव, जसप्रित बुमराह, मोहम्मद साबीले दुई–दुई र केदार जाधबले एक विकेट लिए । केही बेरमा भारतले जावाफी ब्याटिङ गर्ने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: