Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ग्याङफाइट हुँदा एकको मृत्यु, २ जना घाइते

पोखरा, फागुन १८ । कास्कीको माछापुच्छ्रे गाउँपालिका- २ च्याङ्लुङ्मामा ग्याङफाइट हुँदा एक जनाको ज्यान गएको छ । ग्याङफाइटमा दुई जना घाइते भएका छन् ।

दुई समूहका युवाबीच भएको झगडामा पोखरा महानगरपालिका-१६ लामाचौरका २२ वर्षीय मनोज गर्बुजाको मृत्यु भएको प्रदेश प्रहरी कार्यलय पोखराका प्रहरी नायव उपरिक्षक गोविन्द्र पुरीले जानकारी दिए ।

झगडामा घाइते भएका तीन जनालाई उपचारको लागि अस्पताल ल्याएकोमा मनोजको भने उपचारको क्रममा मृत्यु भएको हो ।

पोखरा महानगरपालिका-१६ लामाचौरका २६ वर्षीय लालबहादुर गुरुङ र १८ वर्षीय शिव बाँनिया घाइते भएका छन् । उनीहरूको पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

झगडामा संलग्न रहेको आशंकामा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई समूहबीच भएको झगडाको कारण भने खुलेको छैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: