भारतको लगातार विकेट पतन, विराटसँगै रोहित पनि बैदान बाहिरिए

काठमाडौं, फागुन १८ । एकदिवसीय सिरिजको पहिलो खेलमा अष्ट्रेलियाले दिएको २३७ रनको लक्ष्य पछ्याउने क्रममा भारतले तेस्रो विकेट गुमाएको छ ।

उसले तेस्रो विकेटका रुपमा रोहित शर्मालाई ३७ रनमा गुमाएको हो । उनलाई नाथन कटरटर नाइलले आउट गरे । यसअघि, पनि उनले शिखर धवनलाई शून्य रनमा आउट गरेका थिए । यस्तै, कप्तान विराट कोहली पनि आउट भइसकेका छन् । उनी ४४ रनमा एडम जाम्पाले आउट गरे । यो समाचार तयार पार्दासम्म भारतले २१ ओभरमा ३ विकेट गुमाउँदै ९७ रन बनाएको छ ।

यसअघि, टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २३६ रन बनायो । उसका लागि उश्मान ख्वाजाले सर्बाधिक ५०, ग्लेन म्याक्सवेलले ४०, मार्कस स्टिनोइसले ३७, पीटर ह्यान्सकम्बले १९, एशटन टर्नरले २१, नाथन कटरटर नेलले २८ र एलेक्स क्यारीले नटआउट ३६ रन प्रहार गरे ।

बलिङमा भारतका कुलदिप यादव, जसप्रित बुमराह, मोहम्मद साबीले दुई–दुई र केदार जाधबले एक विकेट लिए । केही बेरमा भारतले जावाफी ब्याटिङ गर्ने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: