Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वान डे सिरिजः ९९ रन बनाउँदा भारतले गुमायो ४ विकेट!

काठमाडौं, फागुन १८ । एकदिवसीय सिरिजको पहिलो खेलमा अष्ट्रेलियाले दिएको २३७ रनको लक्ष्य पछ्याउने क्रममा भारतले चौथो विकेट गुमाएको छ ।

उसले चौथो विकेटका रुपमा अम्बाती रायडूलाई १३ रनमा गुमाएको हो । उनलाई एडम जाम्पाले आउट गरे । यसअिघ, विराट कोहलीलाई पनि उनले ४४ रनमा आउट गराएका थिए । यसअघि, रोहित शर्मा शिखर धवन पनि आउट भइसकेका छन् । भारतले ९९ रन बनाउँदा ४ विकेट गुमाएको हो । यो समाचार तयार पार्दासम्म भारतले २४ ओभरमा ४ विकेट गुमाउँदै १०० रन बनाएको छ ।

यसअघि, टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २३६ रन बनायो । उसका लागि उश्मान ख्वाजाले सर्बाधिक ५०, ग्लेन म्याक्सवेलले ४०, मार्कस स्टिनोइसले ३७, पीटर ह्यान्सकम्बले १९, एशटन टर्नरले २१, नाथन कटरटर नेलले २८ र एलेक्स क्यारीले नटआउट ३६ रन प्रहार गरे ।

बलिङमा भारतका कुलदिप यादव, जसप्रित बुमराह, मोहम्मद साबीले दुई–दुई र केदार जाधबले एक विकेट लिए । केही बेरमा भारतले जावाफी ब्याटिङ गर्ने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: