Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

इग्ल्याण्डविरुद्ध वेस्ट इन्डिजको शानदार जित

काठमाडौं, फागुन १९ । इग्ल्याण्ड विरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ७ विकेटले विजयी भएको छ । इग्ल्याण्डले दिएको ११३ रनको समान्य लक्ष्य वेस्ट इन्डिजले १२.१ ओभरमा ३ विकेट गुमाउदै पूरा गर्यो । उसका लागि क्रिस गेलले २७ बलमा ७७, साइ होपले १३, शिमरन हिटमायरले नटआउट ११ र डिएम ब्रावोले अविजित ७ रन बनाए । बलिङमा इग्ल्याण्डका मार्क उडले २ र क्रिस ओक्सले १ विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको इग्ल्याण्डले  २८.१ ओभरमै अलआउट हुँदै ११३ रन मात्र बनाउन सक्यो । उसका लागि जोस बटलर र एलेक्स हेलले सर्बाधिक २३–२३, कप्तान इयोन मोर्गनले १८, बेन स्टोक्सले १५, मोइन अलिले १२, जोनि बेयरिस्टोले ११  र जो रुटले १ रन बनाए । इग्ल्याण्डका ३ खेलाडी शून्य रनआउट भए ।

बलिङमा वेस्ट इन्डिजका आशाने थोमसले ५, कार्लोस ब्रेथवेट, जोस होल्डरले दुई–दुई र सिल्डोन कोट्ररेलले एक विकेट लिए । यो जितसँगै पाँच एकदिवसीय खेलको सिरिज वेस्ट इन्डिजले बराबरी बनाएको छ । यसअघि, इग्ल्याण्डले २ र घरेलु टोली वेस्ट इन्डिजले एक खेल मात्र जितेको थियो । एक खेल वर्षाका कारण रद्द भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: