Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

४ खेलमा गेलले प्रहार गरे ४२४ रन, बने यस्ता रेकर्ड!

काठमाडौं, फागुन १८ । इग्ल्याण्ड विरुद्धको एकदिवसीय सिरिजको ४ खेलमा वेस्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेलले ४२४ रन प्रहार गरेका छन् ।

शनिबार राति भएको सिरिजको अन्तिम खेलमा ७७ रन बनाएसँगै गेलले ४ खेलमा ४२४ रन प्रहार गरेका हुन् । यस्तै शनिबार इग्ल्याण्डसँगको खेलमा उनले १९ बलमा अर्धशतक पूरा गरे । गेलले यो खेलमा २७ बलमा ७७ रन बनाएका थिए ।

गेल यो सिरिजमा प्लेअर अफ दि सिरिज’ समेत घोषित भए । उनले इग्ल्याण्ड विरुद्धको सिरिजमा ३९ छक्का र २० चौकाको मद्दतमा ४२४ रन बनाए । गेल ओडिआईमा सर्बाधिक रन बनाउनेको सूचीमा १४ नम्बरमा छन् ।

वेस्ट इन्डिजका लागि भने उनी ओडिआइमा धेरै रन बनाउने सूचीको दोस्रो स्थानमा छन् । उनीभन्दा अघि, ब्रायन लारा मात्र छन् । गेलले ओडिआईमा १०१५१ र लाराले १०४०५ रन प्रहार गरेका छन् । गेलले यही सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेटमा सर्बाधिक छक्का प्रहार गर्ने शाहिद अफ्रिदीको रेकर्डसमेत तोडेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: