Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भीषण आगलागीमा १८ लाखको क्षति

हुम्ला, सिमकोट फागुन १९ । शनिबार बेलुका २ बजे भएको आगलागीबाट १८ लाख ६२ हजार क्षति भएको छ ।

आगालागी हुनेमा खार्पुनाथ गाउँपालिका वडा नम्बर चारको माझा गाउँका गणेश सुनार र पल्जीत टमटाको दुई घर आगालागी हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो । आगलागीबाट दुबै घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरी नायव उपरिक्षक रविन श्रेष्ठले बताए ।

आगलागीबाट दुबै घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुडा दाउरा, काठ, घाँस लगायतका सामानहरु जलेर नष्ट भएको उनले बताए । सुनारको घर आगालागीबाट १२ लाख ३२ हजार र टमटाका छ लाख ३० हजार मुल्य बरावरको क्षति पुगेको उनले बताए । आगलागी हुनुको मुख्य कारण बलेको आगोका दाउराबाट बालबालिका लगाएको स्थानीयले बताएका छन् । यसबाट मानवीय क्षती भने कुनै भएको छैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: