बंगलादेशसँगको पहिलो टेस्टमा न्यूजिल्याण्ड विजयी

काठमाडौं, फागुन १९ । बंगलादेश विरुद्धको पहिलो टेस्ट न्यूजिल्याण्डले जितेको छ । ७१६ रनको लक्ष्य पछ्याएको बंगलादेश पहिलो टेस्टमा न्यूजिल्याण्डसँग ५२ रनले पराजित भयो । न्यूजिल्याण्डले एक इनिङमा ७१५ रन बनाएको थियो । ७१६ रनको लक्ष्य भेट्ने आशमा रहेको बंगलादेश दोस्रो इनिङमा ४२९ रन बनाउँदै समेटियो ।

दोस्रो इनिङमा बंगलादेशका लागि सौम्य सरकाले १४९, कप्तान मोहम्मदउल्लाहले १४६, तमिम इग्बालले ७४, शदमान इश्लामले ८ रन बनाए । बलिङमा न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले ५, टिम साउथीले २ र नील बैगररले एक विकेट लिए । पहिलो इनिङमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश पहिलो इनिङमा २३४ रनमै अलआउट भयो । उसका लागि तमिम इग्बालले १२६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन ।

बलिङमा न्यूजिल्याण्डका नील बैगररले ५, टिम साउथीले ३, ट्रेन्ट बोल्ट र कोलिन डे ग्रेण्डहोमले एकएक विकेट लिए ।  यस्तै पहिलो इनिङमा पहिलो इनिङमा न्यूजिल्याण्डले ७१५ रन बनायो । ६ वकेटको क्षतिमा न्यूजिल्याण्डले ७१५ रन बनाउँदै पहिलो इनिङ समाप्त गरेको थियो । उसका दुई ब्याट्सम्यानले शतक, एकजनाले नटआउट दोहोरो शतक र २ खेलाडीले अर्धशतक प्रहार गरे ।

न्यूजिल्याण्डका लागि कप्तान केन विलियम्सनले नटआउट २००, टम लाथमले १६१, जीत रावलले १३२, कोलिन डे ग्रेण्डहोमले नटआउट ७६, हेनरी निकोल्सले ५३, नील बैगररले ४७, डीजे वाट्लिङले ३१ र रोस टेलरले ४ रन बनाए । बलिङमा बंगलादेशका सौम्य सरकार, मेहदी हसन मिराजले दुईदुई, मोहमदल्लाह र इबोटोट होसैन चौधरीले एकएक विकेट लिए ।

कमेन्ट गर्नुहोस्