Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

शुक्रबारदेखि चलचित्र ‘द ब्रेकअप’ प्रदर्शनमा, देशभर आक्रामक व्यापार

काठमाडौं, फागनु १९ । प्रेमकथा चलचित्र निर्माण गर्न सिपालु मानिने निर्देशक हेमराज विसी निर्देशित नयाँ नेपाली कथानक चलचित्र ‘द ब्रेकअप’ शुक्रबारबाट प्रदर्शनमा आएको छ ।

चकलेटी अभिनेता आशिरमान देशराज जोशी र नव–अभिनेत्री शिल्पा मास्केको प्रमुख भूमिका रहेको फिल्ममा इच्छा कार्की, रेमनदास श्रेष्ठ, सरोज खनाल लगायतका कलाकारहरुको पनि मुख्य अभिनय रहेका छन् ।

प्रदर्शनको पहिलो दिन सुखद् सुरुवात गर्न चुकेको फिल्मले शनिबार भने देशभर आक्रामक व्यापार गरेको निर्माण टिमबाट जानकारी छ । चलचित्र हेर्ने अधिकांश दर्शकले रुचाएका कारण दर्शकको संख्यामा विस्तारै वृद्धि हुने निर्देशक हेमराज बताउँछन् । शुक्रबार फिल्मले देशभर बिहानदेखि साँझसम्म ४५ प्रतिशतको आसपास अकुपेन्सी कायम गरेको थियो ।

यो फिल्मको घोषणा हुँदा अभिनेता आशिरको साथीको भूमिकामा अभिनेता सलोन बस्नेत थिए । पोखरामा उनको ५र६ सिन पनि खिचिएको थियो । तर, छायांकनका लागि अष्ट्रेलिया उड्ने बेला उनले फिल्मबाट हात झिके । कारण थियो, अर्को नेपाली चलचित्र ‘यात्रा’ । उनले हात झिकेपछि निर्माण टिमले अष्ट्रेलियामा नै बस्ने एक युवकलाई उनको ठाउँमा राखेर अभिनय गरायो ।

तर, फिल्मबाट सलोनलाई हटाउन भने निदेशक विसीले सकेका छैनन् । फिल्मको अन्तिम १५ मिनेट अगाडि उनलाई झुलुक्क देख्न पाइन्छ । तर, उनको कुनै संवाद राखिएको छैन भने ‘स्क्रिन स्पेस’ पनि धेरै छैन । उनको उपस्थिति फिल्ममा अर्थविहीन छ । निर्देशक विसीले प्राविधिक कारणले गर्दा सलोनको पाटो हटाउन नसकेको स्पष्ट पारे ।

उनी भन्छन्, ‘सलोन पनि भएको क्लाइमेक्सको जुन ड्रामा थियो त्यो हामीले अष्ट्रेलिया उड्नु अगाडि नै सुट गरेका थियौं । त्यो सिन फेरि क्रियट गर्न गाह्रो भएका कारण गरेनौं । किनकि, क्लाइमेक्समा जुन हावाहुरी चलेको थियो त्यो रियल थियो । यो कुराको जानकारी मैले सलोनलाई गराइसकेको छु । सलोनले आपत्ति नभएको बताएको छ । त्योमात्र प्राविधिक गडबडी हो ।ु

निर्देशक विसीले प्राविधिक टोलीले सलोनलाई फ्रेमबाट हटाउन प्रयास गरेपनि असम्भव रहेको पनि बताए । तर, फिल्ममा सलोनलाई देखेपछि दर्शकहरु भने फुरुङ्ग हुन्छन् । किनकि, उनको उपस्थिति मात्रले पनि दर्शक हलमा बाँध्न बाध्य गराउँछ । तर, ‘द ब्रेकअप’मा उनको उपस्थितिले दर्शकलाई निराश बनाउँछ । उनको अनुहार देखिएपनि संवाद एउटा छैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: