Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ऋतिकका लागि तमन्ना ‘नो किस’ कन्ट्रयाक तोड्न तयार

मुम्बई, फागुन १९ । ‘बाहुबली’ फेम्ड अभिनेत्री तमन्ना भाटियाको चलचित्रको कन्ट्रयाकमा ‘किस नगर्ने’ क्लज हुन्छ । तर, उनी बलिउड सुपरस्टार ऋतिक रोशनका लागि भने आफूले अहिलसम्म नतोडेको कन्ट्रयाक तोड्न तयार छिन् अर्थात्, ऋतिकसँग भने उनी किस सिन गर्न तयार छिन् । तमन्नाका फेभरेट अभिनेता हुन् उनी ।

हालै च्याट शो फेमसली फिल्मफेयर (तमिल)को एक एपिसोडमा तमन्नाले भनिन्, ‘यदि ऋतिकसँग काम गर्न पाएँ भने म ‘नो किस’ नियम तोड्न तयार छु ।’ उनले अहिलेसम्म कुनै अभिनेतासँग किस सिन गरेकी छैनन् । उनले अभिनेतासँग किस नगर्ने शर्तमा मात्र फिल्म साइन गर्ने गर्दछिन् ।

तमन्नाले अगाडि भनिन्, ‘म पर्दामा चुम्बन सिन गर्दिनँ । खासमा यो मेरो अनुबन्धको एक हिस्सा हो । तर, म आफ्नो साथीहरुसँग मजाकमा ऋतिकसँग काम गर्न पाए किस सिन गर्न तयार छु भन्ने गर्छु । र, वास्तवमै म उहाँसँग किस सिन गर्न तयार छु ।ु ऋतिकको उनी ठूलो प्रशंसक हुन् ।

हालै आफ्नो फेभरेट अभिनेतासँग तमन्नाको भेट भएको थियो । उनले भनिन्, ‘मेरो पहिलो पटक उनीसँग भेट भएको हो । उनलाई भेट्ने समयमा म निकै उत्साहित र नर्भस पनि थिएँ । आफूलाई १६ वर्षकी कुनै युवती महशुस गरिरहेको थिएँ ।ु उनले ऋतिकसँग काम गर्ने आफ्नो सपना रहेको पनि बताएकी छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: