Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ह्वात्तै घट्यो सुनको भाऊ

काठमाडौं, फागुन १९ । नेपाली बजारमा पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ घटेको छ।

शनिबार प्रतितोला ६२ हजार रुपैयाँ प्रतितोला कारोबार भएको सुन आइतबार ६१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार बजारमा चाँदी प्रतितोला १० रुपैयाँ घटेको छ ।

शनिबार चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार भने ७६० रुपैयाँमा कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: