Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाल लाइफ इन्स्योरेन्सले बोनस बाँड्दै

काठमाडौं, फागुन १९ । नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीलाई एक अर्ब नौं करोड ९२ हजार लाख ३२ हजार ३२१ रूपैयाँ बराबरको एक करोड नौं लाख ९२ हजार ३२१ दशमलव ६२ कित्ता बोनस शेयर र कर प्रयोजन सहित एक अर्ब तीन करोड ३२ लाख ८७ हजार २३२ रुपैयाँ २८ पैसा लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको फागुन १७ गते बसेको २८२औं बैठकले आव २०७४–०७५ को मुनाफाबाट चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँको ४८.५ प्रतिशत शेयर लाभांश तथा २३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस तथा नगद लाभांश नियामक निकाय बीमा समिति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण हुने छ ।

हाल चार अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ चुृक्तापूँजी रहेकोे कम्पनीको २५ प्रतिशत (एक अर्ब ९ करोड ९२ लाख ३२ हजार १३२ रुपैयाँ) बोनस पूँजीकरण पश्चात पाँच अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी कायम हुने छ ।

नेपाल लाइफले आव २०७३–०७४ मा ४२ प्रतिशत बोनस र २८.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

इन्स्योरेन्सले चालू आवको दोस्रो त्रैमासमा १० अर्ब ४७ करोड ५४ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ भने २८ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको छ । चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको कम्पनीले यस अवधिमा प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ३८ पैसा र मूल्यआम्दानी अनुपात ८६.५२ गुणा बढी छ। मेरोलगानीबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: