Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

युनाइटेड इन्स्योरेन्सको २४० प्रतिशत हकप्रद पारित

काठमाडौं, फागुन १९ । युनाइटेड इन्स्योरेन्सको विशेष साधारणसभाले २४० प्रतिशत अर्थात १० बराबर २४ कित्ता हकप्रद जारी गर्ने पारित गरेको छ । कम्पनीले बीमा समितिले तोकेको पूँजी कायम गर्न भारी मात्रमा हकप्रद जारी गर्ने निर्णय गरेको हो।यससँगै कम्पनीको चुक्त्ता पूँजी बीमा समितिले तोके बमोजिम कायम हुने भएको छ ।

कम्पनीको फागुन १६ गते बिहीबार सम्पन्न विशेष साधारण सभाले सञ्चालक समितिको ३२३औं बैठकले ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजीको २४० प्रतिशत बराबरको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर जारी गर्न मार्ग प्रशस्त गरेको हो।

साथै कम्पनीको अधिकृत पूँजी दुई अर्ब तथा जारी पूँजी र चुक्ता पूँजी एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ कायम गर्नेगरि कम्पनीको प्रबन्धपत्र तथ नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसम्मत रुपमा पारित भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४–०७५ को वार्षिक साधारणबाट पूँजी वृद्धि गर्न समयको अभाव भएको र बीमा समितिले तोकेको समयसीमाभित्र पूँजी वृद्धि गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै कम्पनीले हकप्रदको बाटो रोजेको थियो ।

हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको २४० प्रतिशत हकप्रद (७२ करोड ५७ लाख ६० हजार रुपैयाँ) पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ । मेरोलगानीबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: