Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भेनेजुएलाको विषयमा रुस र अमेरिका आमुन्ने सामुन्ने, भेनेजुएली तेल कम्पनीको मुख्यालय रुस सर्दै

मस्को। भेनेजुएलाको विषयलाई लिएर रुस र अमेरिकाबीच तनाव बढेको छ । रूसले भेनेजुएलाको खाद्य संकटसँग जुझ्न  राष्ट्रपति मदुरोको माध्यमबाट त्यहाँ गहुँ पठाइने बताएपछि अमेरिका र रुस आमुन्ने सामुन्ने आएका हुन्। भेनेजुएलाले अमेरिकाले पठाएको सहायता सामग्री भने सीमाबाटै फ़र्काइदिएको थियो ।

त्यहाँका विपक्षी नेता जुआन गुइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि अमेरिका उनको समर्थनमा उत्रिएको थियो । त्यसपछि अमेरिका र भेनेजुएलाबीच तनाव चुलिएको छ ।

अमेरिका र अन्य युरोपेली देशहरूले भेनेजुएलाबारे संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा  लगेको प्रस्तावविरुद्ध रुस र चीनले भिटो प्रयोग गरिसकेका छन् र यसले विश्वमा शक्ति धुवीकरणको अवस्था सिर्जना भएको छ ।

भेनेजुएली तेल कम्पनी रुस सर्दै 

राष्ट्रपति निकोलास मादुरोले भनेजुएलाको लिसवनस्थित राज्य सञ्चालित प्राकृतिक तेल तथा ग्याँस कम्पनी (पीडीभीएसए) को कार्यालय मस्कोमा सार्न निर्देशन गरिसकेको उपराष्ट्रपति देल्सी रोद्रिगेजले बताएका छन्। रूस भ्रमणमा रहेका उपराष्ट्रपति रोद्रिगेजले भने, ‘भेनेजुएलाले तेल तथा ग्याँस उत्पादन बढाउने र यसका लागि रूसी विशाल तेल उत्पादन कम्पनी गाजप्रोमसँग सहकार्य गर्नेछ।’ यसका लागि आवश्यक प्रक्रिया शुरु गर्न लागिएको उनको दावी थियो।

रोद्रिगेजले रूसी विदेशमन्त्री सेर्गेई लाभरोभसँगको भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘अहिले तेल कम्पनी सार्ने समय भएको छ। हामीले हाम्रो सम्बन्धलाई पुनःस्थापित गरेर अघि बढ्ने समय आएको छ। यूरोपले हामीलाई आवश्यकतालाई सुनिश्चित गर्न सकेन किनकि पूँजीवादी संसारले उसको आफ्नै कानूनलाई पनि तोडेको छ। उनीहरूले हाम्रो सम्पत्तिको सुरक्षामाथि सुनिश्चितता गर्न सकेनन्।’

उनले बेलायतले बैंक अफ इङल्यान्डमा रहेको भेनेजुएलाको सुन र अमेरिकाले पीडीभीएसएको अमेरिकास्थित शाखा सिट्गो पेट्रोलियमको सम्पत्तिको ‘व्यवहारिक चोरी’ गरेको बताए। भेनेजुएलाले कानूनसम्मत हिसाबबाट पाउने ब्याजलाई अन्तर्राष्ट्रिय कानूननको सहायतामा फिर्ता गरिछाड्ने पनि उनले बताए।

यसैगरी रूसले भेनेजुएला सरकारलाई दिँदै आएको सहयोग जारी राख्ने रूसी विदेशमन्त्री लाभरोभले स्पष्ट पारेका छन्। उनले मानवीय सहायता लगायतका सहयोग दिँदै भेनेजुएलामा हाल देखिएको राजनीतिक, सामाजीक तथा आर्थिक समस्यामा सरकारलाई सघाउने बताए। वर्तमान समयमा भेनेजुएलाको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप भइरहेकाले रूसले उसलाई सहयोग गर्नु महत्वपूर्ण भएको बताए।

मादुरो र उनका रूस लगायतका सहयोगीले भेनेजुएलाको सरकारविरुद्ध अमेरिकाले राज्य विद्रोह ‘कु’ प्रयास गराएको आरोप लगाउँदै आएको छ। अमेरिकाले विपक्षी नेता हुवाँ ग्वाइदोलाई मान्यता दिँदै उनको नेतृत्वका लागि कूटनीतिक अभियान चलाएको छ। एजेन्सी

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: