Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टंक तिमिल्सिनाले तताए जखेरा ताल, आज कृष्ण रेउले आउँदै

उमेश बञ्जाडे, दाङ । दाङको जखेरा तालमा आयोजित पर्यटन तथा साँस्कृतिक महोत्सव आज तेस्रो दिन पनि जारी छ। महोत्सवको दोस्रो दिन शनिबार राष्ट्रिय कलाकार टंक तिमिल्सिनाले विशेष प्रस्तुति पस्किएर आम दर्शक दीर्घमा रौनकता दिएका छन् ।

स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने महोत्सवमा आज ख्याती प्राप्त कलाकार एवं लोक तथा दोहोरी गायक कृष्ण रेउले आकर्षणको केन्द्रविन्दु बनेका छन् । साथमा अन्य थुप्रै राष्ट्रिय एवं स्थानिय कलाकारको समेत जोडदार प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

आइतबार जखेरा तालमा उपस्तिथि हुने दर्शकहरुलाई भरपुर मनोरञ्जनका निमित्त कुनै कन्जुस्याइँ नहुने मेलाका व्यवस्थापक बिष्णु भुसालको प्रतिबद्धता छ।

स्थानीय थारु संस्कृती र लोक परम्परालाई समेत समेटेर मेलालाई भव्य बनाउन तर्फ आफुहरु केन्द्रित रहेको जखेरा ताल शिवालय संरक्षण प्रतीष्ठानका अध्यक्ष रामप्रसाद उपाध्यायको भनाइ छ। तुलनात्मक रुपमा विगतका मेलाहरु भन्दा यसपालिको महोत्सव व्यवस्थित रहेको उपाध्यक्ष रविधोज थापाको जिकिर छ।

जखेरा तालको पर्यटन प्रवर्द्धनका लागि संचालन गरिएको महोत्सवलाई शुक्रबार एक कार्यक्रमका बिच प्रतिनिधि सभाका सदस्य मेटमणी चौधरीले उद्घाटन गरेका थिए। फागुन १७ गतेदेखि सुरु भएको महोत्सव २० गतेसम्म जारी रहने छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: