Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बाढीका कारण २० जनाको मृत्यु, कैयौँ बेपत्ता

काबुल, फागुन १९ । मुसलधारे वर्षासँगै आएको ठूलो बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने अरु धेरै मानिस बेपत्ता भएका छन् ।

अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा विनाशकारी ठूलो बाढी आएको र त्यसबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

अधिकारीहरुले कम्तीमा दश जना अझै पनि बेपत्ता रहेको जनाएका छन् । बेपत्ता हुने र मृत्यु हुनेमा केही बालबालिका पनि रहेका छन् ।

देशको अधिकांश ठाउँमा अत्यधिक हिमपात पनि भएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: