के छ भरतमोहन अधिकारीको निधनप्रति देउबाले जारी गरेको विज्ञप्तिमा?

काठमाडौँ, फागुन १९। नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउबाले आइतबार एउटा शोक विज्ञप्ति प्रकाशित गर्दै मुलुकले एक असल र अनुभवी राजनीतिज्ञ गुमाएको र आफूले एउटा सहृदयी मित्र गुमाएको बताएका हुन् ।

‘पञ्चायतको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि अनवरत सङ्घर्षमा उनको भूमिकासँगै यो क्षण म राजनीतिक सहकार्यको संस्कृति निर्माणमा उनले पुऱ्याउनु भएको योगदान स्मरण गरिरहेको छु,” विज्ञप्तिमा भनिएको छ ।

सभापति देउवाले नेता अधिकारीको निधनप्रति व्यक्तिगत एवं पार्टीका तर्फबाट गहिरो शोक व्यक्त गर्दै नेकपा पार्टी र उहाँको परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहुनभएका नेता अधिकारीको उपचारका क्रममा शनिबार राति काठमाडौँमा निधन भएको थियो ।

कमेन्ट गर्नुहोस्