Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नागढुङ्गा र बलम्वुबाट लागुऔंषध सहित पाँच पक्राउ

काठमाडौं, फागुन १९ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गा र प्रहरी प्रभाग बलम्वुले लागुऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ ।

राजधानीको चन्द्रागिरिस्थित छुट्टाछुट्टै चेकजाँचको क्रममा प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्का र प्रहरी प्रभाग बलम्वुका प्रहरी निरक्षक शकंर खड्काको नेतृत्वको टोलीले प्रतिबन्धित लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रर्वत्ता होविन्द्र बोगटीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९४७६ नम्बरको को यात्रुबाहक बस गाडी चेकजाँच गर्दा भारत विहार सितामाडी जिल्ला मेजरगंज घर बताउने वर्ष १८ को शिवकुमार गुप्तालाई १८०० ट्यावलेट लागूऔषध नाईट्राभेटसहित पक्राउ गरिएको बताए । प्रहरी नायव उपरीक्षक थापाले चन्द्रागिरी न।पा वडा नं. ८ भकुण्डेचौरस्थित सार्वजनिक सडक खण्डमा चेक जाँच गर्ने क्रममा जिल्ला काठमाण्डौँ किर्तिपुर नपा वडा नं ६ टौदह घर भई बस्ने वर्ष २१ को सुजन पौडेल र सोही घर भई बस्ने वर्ष २२ को मिलन राउतलाई गाँजाको धुलो जस्तो देखिने पदार्थ ८० ग्राम फेला परेको बताए ।

प्रहरीले चेकजाँचकै क्रममा झापा तर्फबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ४७८५ नम्बरको यात्रुबाहक बसवाट जिल्ला झापा कन्काई नपा वडा नं.५ घर हुने वर्ष २० को सागर विकलाई लागूऔषध खैरो हेरोईन ०.५ ग्राम सहित नियन्त्रण लिएको बताए ।

त्यस्तै, महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार विक्रम थापाका अनुसार महेन्द्रनगर बाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ७४४१ नम्बरको को यात्रुवाहक बसबाट जिल्ला कैलाली लम्की न.पा वडा नं २ घर हुने वर्ष २० को ईन्द्र बुढालाई लागूऔषध खैरो हेरोईन ६.५ ग्राम फेला परेको थानकोट प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार विक्रम थापाका अनुसार पक्राउ गरिएकालाई म्याद थप गरी अनुसन्धान सुरू गरिएको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: