Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

शिवरात्रीमा काठमाडौंका १० रुटमा सवारी प्रवेश निषेध

काठमाडौं, फागुन १९ । महानगरीय ट्राफिक प्रहरी मशाखाले शिवरात्रीमा गौशाला आसपासका १० रुटमा सोमबार बिहानदेखि गाडी चल्न रोक लगाएको छ । ट्राफिक महाशाखाका प्रमुख (एसएसपी) बसन्त पन्तअनुसार चावहिलबाट गौशालातर्फको सडक, पुरानो बानेश्वर–गौशाला, तिलगंगाबाट गौशालतर्फ, सिफलचौरबाट जयबागेश्वरीतर्फ लगायतका १० स्थानका रुटमा सवारी निषेध गरिएको हो ।

‘सवारी निषेध गरिएका रुटमा बिहान गाडी चल्न पाउँछन्’, एसएसपी पन्तले भने, ‘दर्शनार्थीको प्रेशर बढ्दै गएपछि १० वटा रुपमा गाडी बन्द गर्ने गरी सवारी ब्यवस्थापन मिलाएका छौं ।’ पशुपति क्षेत्रको ट्राफिक ब्यवस्थापन मिलाउनका लागि ५ सय ८२ जना ट्राफिक प्रहरी त्यस क्षेत्रमा परिचालित हुने ट्राफिक महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: