Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

के साच्चिँकै सरकार फेसबुक–ट्वीटर बन्द गर्न लागेको हो? यस्तो छ धारणा

काठमाडौं, फागुन १९ । नेपालमा सामाजिक सञ्जाल फेसबुक र ट्वीटर बन्द गर्नेबारे कुनै निर्णय र तयारी नभएको स्पष्ट पारेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालय र अन्तर्गतवाट कुनै पनि सामाजिक संजाल वन्द गर्ने सम्वन्धी सूचना प्रकाशित नभएको स्पष्ट पारेका हुन् ।

सूचना विभागको नाम राखेर फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जाल बन्द गरिन लागेको भन्दै भ्रमपूर्ण सामग्री पाइएको भन्दै सञ्चार मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘नेपाल सरकार, सूचना तथा सञ्‍चार मन्त्रालय, सूचना विभागको नाम राखी फेसबुक र ट्वीटर जस्ता सामाजिक संजाल पूर्ण रुपमा बन्द गरिने जस्ता भ्रामक सूचना फेसबुक लगायतका सामाजिक संजाल प्रयोगकर्तावाट पोष्ट गरी भ्रम फैलाउन टिप्पणी समेत गरेको सम्वन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस मन्त्रालय र अन्तर्गतवाट कुनै पनि सामाजिक संजाल वन्द गर्ने सम्वन्धी सूचना प्रकाशित भएको छैन ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: