Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राहत शिक्षकलाई प्रहरीद्वारा पानीको फोहोरा

काठमाडौं, फागुन १९ । राहत तथा बालविकास शिक्षकहरुले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।माइतीघरबाट सुरु भएको विरोध जुलुस नयाँ वानेश्वर आइपुगेपछि प्रहरीले पानीको फोहोरा हानेको हो । नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले प्रदर्शनकारीलाई हटाउन फोहोरा प्रयोग गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्रोत व्यक्तिहरुलाई साविकको दरवन्दीमा काज फिर्ता गर्ने र उनीहरुको सट्टामा नियुक्त शिक्षकहरुलाई माघ महिनासम्मको मात्र तलब भत्ता दिएर सेवाबाट हटाउने निर्णय गरेको थियो ।

तर, सट्टा शिक्षकलाई माघ महिनासम्मको मात्र तलबभत्ता दिएर बिदा गर्न भन्दै फागुन ८ गते परिपत्र गरिएको थियो । त्यतिबेला सट्टा शिक्षकहरुले विद्यालयमा पढाइरहेका थिए । कतिपय विद्यालयमा स्रोत व्यक्तिहरु काजमा नफर्किएकाले सट्टा शिक्षकहरुले नै पढाइरहेका छन् । तर, उनीहरुले पाउने तलबको टुंगो छैन ।

रोजगारलाई मौलिक हकको रुपमा संविधानमा व्यवस्था गरेको सरकारले सट्टा शिक्षकहरुलाई सेवाबाट हटाएर बेरोजगार बनाएको भन्दै उनीहरु विरोधमा छन् । अनलाइन खबरबाट साभार

कमेन्ट गर्नुहोस्

%d bloggers like this: