Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सिरिजको पहिलो खेल अफ्रिकाले जित्यो, डू प्लेसीको शतक

काठमाडौं, फागुन १९ । श्रीलंका विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा साउथ अफ्रिका ८ विकेटले विजयी भएको छ । श्रीलंकाले दिएको ३३२ रनको लक्ष्य अफ्रिकाले ३८.५ ओभरमा पूरा गर्यो । उसका लागि कप्तान फाफ डुप्लेसीसले शतक प्रहार गरे । उनले १५ चौका र एक छक्काको मद्दतमा नटआउट ११२ रन बनाए ।

यस्तै, क्लिन्टन डिककले ८१, हेन वान ड्रे डसेनले नटआउट ३२ रन बनाए । बलिङमा श्रीलंकाका अकिला धनन्जय र विश्व फर्नाडोले एक–एक विकेट लिए । आजको जितसँगै पाँच खेलको सिरिजमा अफ्रिकाले १–० को अग्रता बनाएको छ ।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४७ ओभरमा सबै विकेट गुमाउँदै २३१ रन बनायो । उसका लागि कुसल मेन्डीसले ६०, ओशाडो फर्नाडोले ४९, धनन्जय डि सिल्भाले ३९, कुशल पेरेराले ३३ रन बनाए । बलिङमा अफ्रिकाका इमरान ताहिर, लुंगी एन्गडीले तीन—तीन र कागिशो रबाडाले एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: