यी हुन्, आज राजधानीका गाडी गुडाउन नपाइने ठाउँ

काठमाडौं, फागुन २० । महानगरीय ट्राफिक प्रहरी मशाखाले शिवरात्रीमा गौशाला आसपासका १० रुटमा आज बिहानदेखि गाडी चल्न रोक लगाएको छ । ट्राफिक महाशाखाका प्रमुख (एसएसपी) बसन्त पन्तअनुसार चावहिलबाट गौशालातर्फको सडक, पुरानो बानेश्वर–गौशाला, तिलगंगाबाट गौशालतर्फ, सिफलचौरबाट जयबागेश्वरीतर्फ लगायतका १० स्थानका रुटमा सवारी निषेध गरिएको हो ।

याे पनि पढ्नुस  ६ वर्गका ३०० नागा बाबालाई दक्षिणासहित बिदाई

‘सवारी निषेध गरिएका रुटमा बिहान गाडी चल्न पाउँछन्’, एसएसपी पन्तले भने, ‘दर्शनार्थीको प्रेशर बढ्दै गएपछि १० वटा रुपमा गाडी बन्द गर्ने गरी सवारी ब्यवस्थापन मिलाएका छौं ।’ पशुपति क्षेत्रको ट्राफिक ब्यवस्थापन मिलाउनका लागि ५ सय ८२ जना ट्राफिक प्रहरी त्यस क्षेत्रमा परिचालित हुने ट्राफिक महाशाखाले जनाएको छ ।

याे पनि पढ्नुस  राणाकालमा कसरी मनाइन्थ्यो शिवरात्री?

कमेन्ट गर्नुहोस्