Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्याराग्लाइडिङ सिक्दै गरेको विदेशी नागरिक पोखराको फेवातालमा डुबेर घटनास्थलमै मृत्यु

पोखरा, फागुन २० । पोखराको फेवातालमा डुबेर प्याराग्लाइडिङ सिक्दै गरेका विदेशी एक सोलो पाइटलको मृत्यु भएको छ ।

रोमानियाका करिब ४० बर्षीय एडे सिस्जरको फेवाताल माथिको आकाशमा प्याराग्लाइडिङ गर्दै गर्दा एक्कासी तालमा डुब्न पुगेर उनको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ । सिस्जरले फेवाताल माथिको आकासमा स्पाइरलको अभ्यास गर्दा गर्दै एकाएक सिधै तालमा डुब्न पुगेर तालमा डुबेको करिब दुई मिनेटमै उनको घटनास्थलमै मुत्यु भएको हो ।

त्यस्तै पोखराको फेवातालमा एक युवतीको शव भेटिएको छ । पोखरा ६ स्थित गौरीघाट फेवातालमा तैरिएर रहेको अबस्थामा एक युवतीको शव भेटिएको कास्की प्रहरीले जनाएको छ ।

कास्कीको अन्नपुर्ण गाँउपालिका २ स्थित ढिकुरपोखरीकी १९ बर्षीया दिव्या अधिकारीको फेवातालमा घोप्टो परेको अबस्थामा प्रहरीले उनको शव भेटेको हो । नर्सिङ कलेजमा अध्ययनरत अधिकारी आज विहानै स्कुटरमा तेल हाल्न घरबाट हिडेको बताइएको छ । फेवाताल किनारा देखि करिब ५ मिटर नजिक तालमै तैरिएको अबस्थामा उनको शव भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख कोमल शाहले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: