Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

महाशिवरात्रीसँगै सेना दिवसको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम गरी मनाइँदै

काठमाडौं, फागुन २० । नेपाली सेनाले सोमबार महाशिवरात्री तथा सेना दिवस विशेष कार्यक्रम गरी भव्यताका साथ मनाउँदै छ ।

सेनाले दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विहान साढे १० बजेपछि विशेष कार्यक्रमको आयोजना गर्न लागेको हो । दिवसको अवसरमा उत्कृष्ट गण तथा गुल्मलाई पुरस्कृत गरिने र नयाँ स्थापना भएका गणलाई निशानी चिन्ह प्रदान गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यो वर्ष दुईवटा नयाँ गण स्थापना भएका छन् । कार्यक्रममा सैनिक कवाज, हतियार तथा उपकरण प्रदर्शन, ब्याण्ड, विशेष फौज लगायतका प्रदर्शनी गरिने सेनाले जनाएको छ ।

यस्तै प्यारासुटको माध्यमबाट फ्रि फल जम्पको पनि प्रदर्शन गरिने छ भने ७ वटै प्रदेशको संस्कृतिलाई देखाउने झाँकी समेत प्रदर्शनको तयारी छ । यसैबीच सेना दिवसको अवसरमा सेनाको परमाधिपति समेत रहेका राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओलीले दिएका शुभकामना सन्देशमा सेनाको व्यावसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहलकदमी लिने उल्लेख गरेका छन् । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: