Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

महाशिवरात्रि विशेष दिनः यस्तो छ तपाईको राशिफल

काठमाडौं, फागुन २९ । आज फागुन महिनाको २० गते सोमबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत फागुन कृष्णपक्षको त्रयोदशी तिथि बेलुका ४ः४० बजेसम्म रहने छ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्यकुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । श्रवण नक्षत्र दिवा १२ः३९ बजेसम्म रह छ । यसैगरी आज परिघ योग र भद्रा करण रहेको छ । यसैगरी आज सूर्योदय ६ः२८ मा छ भने सूर्यास्त बेलुका ६ः०५ बजे हुने छ । चन्द्रमा आज मकर राशिमा छन् ।

आज महाशिवरात्रिपर्व परेको छ । यसैगरी सोमबार पनि परेको छ । सोमबार शिवजीको प्रिय दिन हो । यस्तो सुअवसर विरलै प्राप्त हुने गर्दछ । यसरी भगवानको प्रिय बार सोमबार परेकाले पनि यसवर्षको शिवरात्रि विशेष रहेको हो । शिवरात्रि शिव उपासनाको उत्तम दिन हो । रात्रि तमको प्रतीक हो । शिवजीको उपासनाले अन्धकारबाट पनि मुक्ति मिल्ने भएकाले महाशिवरात्रिको विशेष महिमा बताइएको हो ।शिवरात्रिको पूजा मध्यरात्रिमा गर्नु शुभ मानिएको छ । आज शिवजीको आराधना गर्नाले मनोकामना पूर्ण हुने धार्मिक मान्यता रहेको छ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

धन प्राप्ति, द्रव्य लाभ हुनेछ, यात्राको योग देखिन्छ ।

वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्ने छ । आर्थिक लाभ हुने छ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

कार्य अवरोध, खर्च बढ्नुका साथै शारीरिक आलश्यता रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

व्यवसायमा वृद्धि हुने छ, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सामाजिक कार्यमा रुचि जाग्ने छ, आर्थिक लाभ हुने छ, साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मित्र सुख मिल्ने छ, कार्य लाभका साथै भौतिक वस्तुबाट लाभ हुने देखिन्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मित्र अवरोधका साथै शारििरक आलश्यता रहने देखिन्छ,कार्यमा अवरोध रहनेछ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कार्य लाभ हुनेछ, पारिवारिक सुख मिल्ने देखिन्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अध्ययनमा रुचि जाग्नेछ, मित्र लाभ हुनेछ,साथै व्यवसायमा वृद्धि हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मीष्ठान्न प्राप्ति हुने छ, कार्य प्राप्तिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

शत्रु पक्ष सबल रहनेछन्, कार्य अवरोधका साथै स्वास्थ्यमा अस्थिरता रहनेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आयमा वृद्धि हुनेछ, कार्यप्राप्तिका लाभका साथै गृह सुख मिल्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: