शिक्षक आन्दोलनः भोलिदेखि राहत शिक्षकले पठनपाठन ठप्प पार्ने

काठमाडौं, फागुन २० । विभिन्न माग राखेर आन्दोलनरत उत्रेका सरकारी विद्यालयका अस्थाइ र राहत शिक्षकहरुले मंगलबारदेखि देशभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प पार्ने भएका छन्।

आफ्ना माग सम्वोधन नगरि सरकारले उल्टै दमन गरेको भन्दै आन्दोलनरत राहत शिक्षक संगठन केन्द्रीय समितिले मंगलबारदेखि देशभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प पार्ने भएको हो। आइतवार शान्तिपूर्ण प्रदर्शनमा रहेका शिक्षकमाथि प्रहरीले वानेश्वरमा बल प्रयोग गरेको शिक्षकहरुले बताएका छन् । प्रहरी कार्वाहीमा केही शिक्षक घाइतेसमेत भएका थिए ।

याे पनि पढ्नुस  राहत शिक्षकको प्रदर्शनमा प्रहरीको अस्तक्षेप, पानीको फोहोरा र अश्रुग्यास प्रहार

माइतीघर मण्डलामा कोणसभा गरेर अघि बढेका शिक्षकहरुलाई वानेश्वर पुगेपछि प्रहरीले रोकेको थियो। वानेश्वरमा प्रहरीले रोकपछि नारावाजीमा उत्रेका उनीहरुलाई पछि हट्न प्रहरीले अनुरोध गरे पनि नमानेपछि सुरुमा पानीको फोहोरा हानिएको थियो।

कमेन्ट गर्नुहोस्