नोबेल शान्ति पुरस्कारको हकदार म होइनः पाकिस्तानी प्रधानमन्त्री खान

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारको हकदार नभएको बताएका छन् । प्रधानमन्त्री खानले कश्मीर समस्याको समाधान निकाल्ने व्यक्तिलाई यो पुरस्कार दिइनुपर्ने बताएका छन् ।

इमरानले यस समस्याको भएपछि उपमहाद्वीपमा शान्ति र मानवीय विकासको मार्ग पनि तयार हुनेछ । भारतीय लडाकु जहाजका पाइलट अभिनन्दन वर्तमानलाई रिहा गरेपछि आफूलाई नोबेल पुरस्कार दिइनुपर्ने बहस भइरहेका बेला इमरानले मुख खोलेका हुन् ।

याे पनि पढ्नुस  भारतीय पाइलटलाई हस्तान्तरण गर्दै पाकिस्तान, किन चुनियो वाघा सीमा नै?

भारतीय पाइलटलाई रिहा गरेपछि पाकिस्तानमा इमरानलाई नोबेल पुरस्कार दिनुपर्ने अभियान नै चलाइएको छ। अहिलेसम्म तीन लाख भन्दा धेरै मानिले इमरानलाई नोबेल दिनुपर्ने कुरामा समर्थन जनाउँदै हस्ताक्षर अभियान चलाइरहेका छन् । अभिनन्दनलाई रिहा गर्नुअघि गत बिहीबारको संसद्को संयुक्त बैठकमा बोल्दै इमरानले यो पहल कश्मीरमा शान्तिको तर्फ एउटा कदम भएको बताएका थिए ।

याे पनि पढ्नुस  इमरान खानले ११ अगस्तमा शपथ लिने, घेराबन्दी गर्ने तयारीमा विपक्षी

पाकिस्तानका सूचना मन्त्री फवाद चौधरीले इमरानलाई नोबेल पुरस्कार दिने प्रस्ताव संसद सचिवालयमा पेश गरेका थिए ।

कमेन्ट गर्नुहोस्