Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आइपीएलः सन्दीप आवद्ध दिल्लीमा को–को छन् स्टार खेलाडी?

काठमाडौं, फागुन २० । इन्डियन प्रिमियर लिग (आइपीएल) शुरु हुन १९ दिन मात्र बाँकी छन् । विश्वकै ठूलो क्रिकेट लिग मानिएको आइपीएलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि खेल्दै छन् । उनी दिल्ली क्यापिटल्सबाट आइपीएल खेलिरहेका हुन् । गत संस्करणदेखि दिल्लीमा अनुबन्ध भएका सन्दीप अहिले निकै व्यस्त छन् ।

उनी अहिले पाकिस्तान सुपर लिग (पीएसएल) मा खेल्दै छन् । सन्दीपले पीएसएलमा शानदार प्रदर्शन गरिरहेका छन् । उनले यो लिगमा ४ खेलमा १० विकेट लिइसकेका छन् । सन्दीप आवद्ध दिल्लीको पहिलो खेल मुम्बईसँग २४ मार्चमा छ । यी दुवै टिमबीचको खेल साँझ ८ः१५ बजेदेखि शुरु हुनेछ ।

सन्दीप यो वर्ष आइपीएलमा कस्तो प्रदर्शन गर्लान्? यो प्रश्नको जवाफ त आगामी दिनमा भेट्ने नै छौं । तर, उनको टिममा यो पटकको कोको खेलाडी छन्? यो प्रश्नको जवाफ भने दिन सकिन्छ । कोको छन् त सन्दीप आवद्ध दिल्लीमा स्टार खेलाडी? हेर्नुस् नाम–

–श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, शिखर धवन, ट्रेन्ट बोल्ट, कोलिन इन्ग्राम, अमित मिश्रा, क्रिस मोरिस, कोलिन मुनरो, अक्षर पटेल, अर्षल पटेल, कागिसो रबाडा, सन्दीप लामिछाने, इशान्त शर्मा, पृथ्वी शा, अनुमा बिहारी, शेफरन रदरफोर्ड, जयन्त यादव, राहुल तेवटिया, नथु सिंह, केमो पल, जलाज सक्सेना, मन्जोट कल्रा, अंकुश बानिस, बन्दारु आयाप्पा र अवेश खान

कमेन्ट गर्नुहोस्

%d bloggers like this: