Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

धनगढीका मेयरद्वारा एकैदिन ३ मन्दिर उद्घाटन, एक सभाहलको शिलान्यास

धनगढी, फागुन २० । रजत जयन्तीको अवसर पारेर सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीको बहुउदेश्यीय सभाहलको सोमवार शिलान्यास गरिएको छ । धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशिला मिश्र भट्टले संयुक्त रुपमा बहुउदेश्यीय सभाहलको शिलान्यास गरेका हुन् । भवनको उद्घाटन गर्दै नगरप्रमुख वडले अन्य क्षेत्र जस्तै सुदूरपश्चिमको प्राज्ञिक क्षेत्र पनि बञ्चीतिकरणमा परेको बताए ।

कलागला, र साहित्यीक क्षेत्रमासमेत धनगढीको स्थान बिशिष्ट रहेको नगरप्रमुख वडले बताए । उनले शिलान्यास भएको बहुउदेश्यीय हलको निर्माणमा उप–महानगरपालिकाको सहयोग रहने बताए । सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले सिलन्यास भएको भवनको नाम साहित्यकार महलमान सिंह स्वाँरका नामबाट राखिने बताए ।

त्यसैगरी, मेयर वडले सोमबार नै धनगढी उप–महानगरपालिका ६ मा निर्मित राधाकृष्ण सत्संग भवनको उद्घाटन गरेका छन् । त्यसैगरी प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशिला मिश्रले सोमबार नै धनगढी उप–महानगरपालिका १८ मा नवनिर्मित शिव मन्दिरको उद्घाटन गरेका छन् । त्यसैगरी नगरप्रमुख वडले धनगढीको उत्तर बेहडीमा स्थापना गरिएको गौमाता मन्दिरको समेत उद्घाटन गरेका छन् ।

मेयर वड सम्मानित सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले आफ्नो रजत महोत्सवको अवसरमा धनगढी उप–महानगरपालिकाका प्रमुख वडलाई सम्मान गरेको छ । देशकै नगरपालिकाहरुमा धनगढी उप–महानगरपालिका कार्य सम्पादनका उत्कृष्ट बनाउन सफल भएको भन्दै साहित्य समाजले नगरप्रमुख वडलाई सम्मानपत्र र दोसाल्ला ओढाएर सम्मान गरेको हो ।

यसअघि साहित्य समाजले धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टलाई पनि सम्मान गरेको थियो । नगरप्रमुख वडले यस सम्मानले आफुलाई थप जिम्मेवार भएर काम गर्न हौसला प्रदान गरेको बताए । उनले भने, ‘यो सम्मानमा धनगढीका सबै नगरबासीको योगदान र हक छ ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: