Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अंश लिने डरले गरिँदैनन् विवाह दर्ताः उपप्रमुख भट्ट

धनगढी, फागुन २१ । धनगढी उप–महानगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक सुशिला मिश्र भट्टले बेलैमा घटना दर्ता नहुँदा न्याय सम्पादनमा कठिनाई भइरहेको बताएकी छन् ।

धनगढी उप–महानगरपालिकाको न्यायीक समितिले आयोजना गरेको घटना दर्ता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक भट्टले सबैभन्दा बढी समस्या बिबहदर्ताको रहेको बताईन । न्यायिक समितिको संयोजक भएर काम गर्दा बुहारीले अंश लिने डरले विवाह दर्ता नगरिदिएको समेत पाइयो, उपप्रमुख भट्टले भनिन्– ‘विवाह दर्ता नगर्नमा परिवारका अन्य सदस्यको समेत संलग्नता देखिन्छ ।

उप–प्रमुख भट्टले विवाह दर्ता नभएका कारण छोराछोरीहरुको जन्मदर्ता समेत हुन सकेको थुप्रै घटना रहेको बताईन । उनले घटनादर्तालाई यस पालीको महिला दिवसमा अभियानकै रुपमा संचालन गर्नुपर्ने बताईन । उनले सबैभन्दा बढी समस्या प्रेम बिवाह, बाल बिवाह र अन्तरजातीय विबाह गर्नेहरु समस्यामा रहेको बताईन । न्यायीक समितिले घटनादर्ता नभएका कारण झेल्नु परेका समस्याहरुको निराकरण खोज्नका लागि कानुन ब्यावसायी र वडा अध्यक्ष संग अन्तरक्रिया गर्नुपरेको उप–प्रमुख भट्टले बताईन ।

धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले घटनादर्ताका बारेमा सर्वसाधारणलाई जानकारी गराउन वडा अध्यक्षहरुलाई निर्देशन दिए । उनले भने, सबै नागरिकले यस बारेमा नबुझेका हुन सक्दछन् नगरप्रमुख वडले भने, बुझाउने काम जनप्रतिनिधीहरुको हो ।”

कानुन ब्यावसायी जुहारीलाल चौधरीले मुलुकी देवानी संहिता र घटना दर्ता ऐन बिच तालमेल नभएकाले सर्बसाधारण दुःख पाईरहेको बताए । उनले भने यो देशब्यापी समस्या भइसकेको छ । अर्का कानुन ब्यावसायी प्रयागराज भट्टले सबै कुरा कानुनमा टेकेर भन्दा पनि थोरै ब्यावहारीक भएर काम गर्दा समस्या हल हुन सक्ने बताए । उनले भने, ‘वडा र स्थानीयको मुचुल्का अनुसार पनि काम गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: