असिना पानी र हुरी-बतासको मौसम सुरु

काठमाडौं, फागुन २१ । असिना पानी, चट्याङ र हुरी–बतासको मौसम सुरु भएको छ ।

मौसमविद्का अनुसार यस वर्षको प्रि–मनसुन सुरु भएको हो । मार्चबाट सुरु भएको प्रि–मनसुन मेसम्म रहने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए ।

याे पनि पढ्नुस  बाढी प्रभावित जिल्लाका करीब ८० प्रतिशत जनता महामारीको जोखीममा

उनका अनुसार यो अवधिमा असिना पानी, चट्याङ पर्ने तथा हुरीबतास चल्ने हुन्छ। नेपालखबरसँग कुरा गर्दै मौसमविद् प्रधानांगले भने, ‘अहिले त भर्खर प्रि–मनसुन सुरु भएको छ, मध्यतिर पुगेपछि असिना सहितको वर्षा तथा हुरी–बतास सुरु हुन्छ ।’

यसमा स्थानीय वायुको प्रभाव बढी हुने उनले बताए।

याे पनि पढ्नुस  कस्तो छ थारू समुदायमा सिकलसेलको असर ?

मौसमविद् प्रधानांगका अनुसार मंगलबार र बुधबार भने मौसम सफा रहने देखिन्छ । त्यसपछि भने पुनः प्रविधि अनुसार अनुमान गर्नुपर्ने हुन्छ।

मौसमविद्का अनुसार नेपालमा मौसमलाई चार भागमा बाँडिएको छ।

जसअनुसार डिसेम्बरदेखि जनवरीसम्म विन्टर, जुनदेखि सेप्टेम्बरसम्म मनसुन, अक्टोबरदेखि नोभेम्बरसम्म पोस्ट मनसुन, मार्चदेखि अप्रिलसम्म प्रि–मनसुन पर्छ । प्रि–मनसुनसम्म पश्चिमी वायुको प्रभाव रहन्छ भने मनसुनमा पूर्वी वायु सक्रिय हुन्छ।

कमेन्ट गर्नुहोस्