Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘मेरी बास्सै’का राजु मास्टरको फेसबुक ह्याक

काठमाडौं, फागुन २१ । हास्य टेलिश्रृखला ‘मेरी बास्सै’ का हाँस्य कलाकार राजु पौडेल अर्थात् राजु मास्टरको फेसबुक ह्याक भएको छ । ९ वर्षदेखि प्रयोग गर्दै आएको फेसबुक ह्याक भएपछि उनले प्रहरीमा उजुरी दिएका छन् । पौडेलले आफ्नो फेसबुक शुक्रवार साँझ ६ बजेबाट ह्याक भएको बताएए ।

ह्याकरले राजु मास्टरको फेसबुक ह्याक गरी विभिन्न अश्लिल दृश्यहरू पोस्ट गरिरहेको छ । उनको ह्याक भएको फेसबुकमा कोरियन भाषाका शब्द लेखिएको कारण कोरियाबाट ह्याक भएको अनुमान गरिएको छ ।

फेसबुक ह्याक भएर अनावश्यक तस्वीरहरू पोस्ट हुन थालेपछि समस्या सिर्जना भएर पौडेलले प्रहरीको टेकुस्थित कार्यालयमा विद्युतीय कारोबार ऐन अन्तर्गत छानबिन गरी दोषीलाई कारवाहीको माग गर्दै उजुरी दिएका छन् । उनले आफ्नो फेसबुक ह्याक भएकोबारे शुभचिन्तकलाई सचेत गराउँदै नयाँ फेसबुक खोलिएको र पुरानो फेसबुक आइडीमा ब्लक गरिदिन सबैमा अनुरोध गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: