Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वान डे सिरिजः अष्ट्रेलियाले टस जित्यो, भारतलाई ब्याटिङको मौका

काठमाडौं, फागुन २१ । भारत विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा अष्ट्रेलियाले टस जितेर बलिङ रोजेको छ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि भारतको नागपुरमा शुरु हुँदैछ ।

भारतले पाँच खेलको सिरिजमा १—० ले अग्रता लिएको छ । आज भारत आफ्नो जित यात्रालाई कायम गर्न चाहन्छ । यस्तै, अष्ट्रेलिया पहिलो जीतका लागि संघर्ष गर्नेछ । हेर्नुस् दुवै टिममा को–कोले पाए स्थान?

अष्ट्रेलिया टिमः आरोन फिंच (कप्तान), ग्लेन म्याक्सवेल, मार्कस स्टोनिस, उस्मान ख्वाजा, शन मार्स, पीटर ह्यान्सकम्ब, एलेक्स केरी, नाथल लायन, एम जाम्पा, नाथन कटरटर–नेल र पिट कमिन्स

भारतीय टिमः विराट कोहली (कप्तान), महेन्द्रसिंह धोनी, रोहित शर्मा, शिखर धवन, अम्बाती रायडू, केदार जाधब, विजय शंकर, रविन्द्र जेडजा, कुलदीप यादव, मोहम्मद सामी र जसप्रित बुमराह

कमेन्ट गर्नुहोस्

%d bloggers like this: