Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेकपाका अध्यक्ष ओली–प्रचण्ड झापामा

झापा, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओली सुखानी स्मृति शहीद दिवसमा सहभागी हुन झापा आइपुगेका छन् । काठमाडौंबाट यती एयरलायन्सबाट आएका प्रधानमन्त्री ओलीलाई मुख्यमन्त्री शेरधन राईलगायतले विमानस्थलमा स्वागत गरेका थिए ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले इलाम, माई नगरपालिकास्थित सुखानी शहीद उद्यानमा आयोजना हुने ४६औँ सुखानी स्मृति दिवसलाई सम्बोधन गर्ने छन् । सो कार्यक्रमलाई सम्बोधन गर्न नेकपाका अध्यक्ष प्रचण्ड सोमबार नै विराटनगर आएका थिए ।
सुखानी घटनामा कम्युनिष्ट आन्दोलनकारी रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको पञ्चायती सरकारले विसं २०२९ फागुन २१ गते सुखानीको जङ्गलमा गोली हानी हत्या गरेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: