फेरि अर्को प्याराग्लाइडिङ दुर्घटना : रसियन नागरिकको मृत्यु

पोखरा, फागुन २१ । पोखरामा फेरि अर्को प्याराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ ।

सारङकोटबाट सोलो उडान भर्ने वित्तिकै दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते भएका रसियन नागरिकलाई तत्काल मेट्रो सिटी अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यसअघि आइतबारमात्र प्याराग्लाइडिङ दुर्घटनामा परेर रोमानियाका पाइलट एड सिजरको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: