Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पीएसएलः सन्दीपको टिमलाई झड्का, डी विलियर्स घाइते

काठमाडौं, फागुन २१ । लाहोर कलन्दर्सका कप्तान तथा दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी विलियर्स मेरुदण्डको चोटका कारण पाकिस्तान सुपर लिग (पीएसएल) बाट अलग्गिएपछि सन्दीप लामिछाने आवद्ध उक्त टिम संकटमा परेको छ ।

डी विलियर्स यूएईमा सात र पाकिस्तानको लाहोरमा दुई खेल खेल्न अनुबन्धित भएका थिए । युएईमा खेलिएका खेलपछि दक्षिण अफ्रिका फर्किएका उनी पाकिस्तानमा निर्धारित खेल खेल्न फिर्ता आउने आशा गरिएको थियो तर कम्मरको चोटका कारण दुई हप्ता आराम गर्नुपर्ने भएपछि उनी प्रतियोगितामा देखिएन छैनन् ।

‘पाकिस्तानका क्रिकेट फ्यानहरू सामु खेल्न नपाउँदा म साह्रै निरास छु’ उनले एउटा बयानको क्रममा भने, ‘मलाई मेरो डाक्टरले दुई हप्ता पूरा आराम गर्न भनेका छन्, यसले मलाई पाकिस्तानमा खेलिने खेलहरूमा सहभागी हुनबाट वन्चित गराउने छ ।’ पाकिस्तान सुपर लिगको यूएई लेगको समाप्तिसम्म लाहौर लिगको अंक तालिकामा पाँचौं स्थानमा रहेको छ । र उसले लीगमा टिकिराख्न आजको खेल जित्नैपर्ने हुन्छ ।

आज ५ः१५ बजे लाहोर कलंदर्सले पेसावर जाल्मीसँग खेल्दैछ जुन अंकतालिकाको दोस्रो स्थानमा छ । क्रिकेट जानकारहरूका अनुसार लीगको अंकतालिकामा माथि उक्लिन संघर्षरत लाहौर कलंदर्सलाई डी भिलियर्सको अनुपस्थितिले निकै असर पुग्नेछ ।

पीएसएलका अन्तिम चार समूह चरणका खेल र प्ले अफका खेलहरू पाकिस्तानमा खेलिने छन् । सुरुमा लाहौर र कराँचीमा निर्धारण गरिएका खेलहरू भारत र पाकिस्तानबीच हालै जारी तनावका कारण कराँचीमा मात्रै खेलिने पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: