Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चलचित्र ‘प्रेमलीला’ रिलिज मिति सार्वजनिक

काठमाडौं, फागुन २१ । नेपाली कथानक चलचित्र ‘प्रेमलीला’को प्रदर्शन मिति सार्वजनिक भएको छ ।

यस चलचित्र आगामी चैत ८ गतेदेखि प्रदर्शनमा आउने निश्चित भएको हो । पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रमा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ भने शब्द डा. कृष्णहरि बराल र डा. सागरको रहेको छ ।

उक्त चलचित्रमा मुख्य कलाकार दीपशिखा खड्का, अलि खान र मौसम खड्कासंगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, प्रभाकर शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ ।

नायिका खड्काकै कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: