Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रोहितले जिते उदीयमान क्रिकेट खेलाडी अवार्ड

काठमाडौं, फागुन २१ । नेपाली क्रिकेट टोलिका महत्वपूर्ण सदस्य रोहितकुमार पौडेलले उदीयमान खेलाडीको अवार्ड हात पारेका छन् ।

क्रिकेट खेलाडी संघले पहिलो पटक प्रदान गरेको एनसीसीएस–सीप्यान अवार्डमा उनी इमर्जिङ प्लेयर अफ दि इयर बनेका हुन् । उनले अविनाश बोहरा, सन्दीप जोरा, कविता कुँवर र ललितनारायण राजवंशीलाई पछाडि पारे । अवार्डसहित उनले ६६ हजार रुपैयाँ पाए ।

रोहितले माघ दोस्रो साता सचिन तेन्दुलकर र सहिद अफ्रिदीलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छो क्रिकेटरको कीर्तिमान बनाएका थिए । उनले १२ माघमा यूएईविरुद्ध ५४ रन बनाएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: