नेकपाका विद्यार्थी संगठन राहत शिक्षकको आन्दोलनविरुद्ध

काठमाडौं, फागुन २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट दुई विद्यार्थी संगठनले राहत शिक्षकहरूको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएका छन् । मंगलवार अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले संयुक्त विज्ञप्ति जारी गर्दै शैक्षिक सत्रको उत्तरार्धमा कक्षाकोठा छोडेर राहत शिक्षकहरूले आन्दोलन गरेको भन्दै संगठनको ध्यानाकर्षण जनाएका हुन् ।

याे पनि पढ्नुस  फागुन १४ को स्ववियु चुनावले सरकारको सफलता र असफलता पुष्टि गर्छ- रञ्जित तामाङ

‘देशभर रहेको करीब चालिस हजार राहत शिक्षक दरबन्दीलाई स्थायी दरबन्दीमा परिणत गर्दै (८० प्रतिशत खुल्ला प्रतिस्पर्धा र २० प्रतिशत आन्तरिक) प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने प्रस्तावित शिक्षा ऐनको प्रावधान रहेको छ । मुलतः यही प्रावधानका विरुद्ध राहत शिक्षकहरूको नाममा शैक्षिक सत्रको उत्तरार्ध र पेचिलो समयमा कक्षाकोठा छोडेर शुरू भएको आन्दोलनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘राहत शिक्षकहरूको स्वतः स्थायीको माग शिक्षा क्षेत्रको लागि घातक रहेको हाम्रो निष्कर्ष छ ।’

याे पनि पढ्नुस  नविना लामाद्वारा विवाह खर्च कटाएर बगालेलाई डेढ लाख रुपैयाँ सहयाेग

शिक्षा जस्तो संवेदनशील क्षेत्रमा पटकपटक स्वतः स्थायीको माग गरेर आन्दोलन गरिनु जति दुखद अरू हुन नसक्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । आन्दोलनरत शिक्षकहरू खुल्ला प्रतिस्पर्धामा जान डराउनु लाजमर्दो भएको उनीहरूको निष्कर्ष छ ।

कमेन्ट गर्नुहोस्