Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

हिन्दूहरूविरुद्ध अपमानजनक टिप्पणी गर्ने पाकिस्तानी मन्त्रीको आलोचना

काठमाडौँ, फागुन २१ । पाकिस्तानको पन्जाब प्रान्तका एक जना मन्त्री हिन्दूहरूविरुद्ध आपत्तिजनक टिप्पणी गरेकोमा आलोचित भैरहेका छन् ।

प्रदेश सरकारका सूचना तथा संस्कृति मंत्री फैयाज अल हसन चौहानले हिन्दूहरूलाई ‘गाईको पिसाप पिउने’ भन्दै टिप्पणी गरेका थिए ।

चौहानले भारत हिन्दूहरूको देश भएको र हिन्दूहरू गाइको पिसाप पिउने हुँदा पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने उनीहरूको हैसियत नभएको बताएका थिए ।

यस्तो बयान दिएपछि मन्त्री चौहान पाकिस्तानमा सामाजिक संजालमा विवादमा तानिएका छन् । सामाजिक संजाल प्रयोगकर्ताहरूले उनको आलोचना गरिरहेका छन् र सामाजिक संजालमा #SackFayazChohan र #Hindus ह्याशट्याग ट्रेण्डिङमा रहेका छन् ।

चौहान प्रधानमन्त्री इमरान खानको पार्टीसँग जोडिएका छन् र उनलाई पन्जाब प्रान्तमा सूचना तथा संस्कृति मन्त्रीको पद दिइएको छ।

उनको यस बयानपछि उनकै पार्टी तहरिक-ए-इन्साफका नेताहरूले समेत उनको आलोचना गर्न थालेका छन् ।

चौहानले फेब्रुअरी २४ मा लाहौरमा आयोजित एउटा कार्यक्रममा यस्तो बयान दिएका थिए तर यस भाषणको क्लिप भने सोमवार मात्र भाइरल भएको थियो ।

प्रधानमंत्री इमरान खानका राजनैतिक मामिला सल्लाहकार नईमुल हकले एउटा ट्विट गर्दै उनको पार्टीले यस प्रकारका अनर्गल कुरा सहन नगर्ने बताएका छन् । उनले सरकार या पार्टीको वरिष्ठ सदस्यबाट समेत यस्ता टिप्पणीको आशा नगरिएको समेत बताए ।

हकले ट्विटमा भनेका छन्, “हिन्दू समुदायविरुद्ध पन्जाबका सूचना मन्त्री फैयाज चौहानले अपमानजनक बयान दिएकोमा उनीमाथि कडा कारवाही हुनुपर्दछ । मुख्यमन्त्रीसँग परामर्शपछि उनीमाथि कारवाहीको प्रक्रिया अगाडी बढाइनेछ ।”

त्यस्तै पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले ट्विट गरेका छन्, “पकिस्तानको राष्ट्रिय ध्वजमा जुन गर्वले हरियो रङ्ग राखिएको छ त्यसै गर्वले सेतो रंग समेत समावेश गरिएको छ जसले हिन्दू समुदायको योगदानलाई सम्मान गर्दछ र उनीहरूलाई आफ्नो मान्दछ ।”

त्यस्तै मानवाधिकार मामिलाकी मन्त्री शिरीन मजारीले चौहानको आलोचना गर्दै ट्विट गरेकी छिन्, “म यसको घोर निन्दा गर्दछु । कुनै पनि धर्ममाथि आक्रमण गर्ने अधिकार कसैसँग छैन । हाम्रा हिन्दू नागरिकहरूले पनि यस देशको निर्माणमा ठुलो बलिदानी दिएका छन् । हाम्रो प्रधानमन्त्रीको संदेश पनि सहिष्णुता र सम्मान रहेको छ र हामी कुनै पनि प्रकारको घ्रिनालाई बढावा दिन सक्दैनौं ।”

बालाकोटमा भारतीय वायुसेनाको आक्रमणपछि पाकिस्तानमा बसोबास गर्ने हिन्दूहरूले सामाजिक संजालमा ‘यस घटनामा हिन्दू धर्मलाई जिम्मेवार ठहराइएको’ भन्दै रोष प्रकट गरेका छन् ।

हिन्दू सामाजिक कार्यकर्ता कपिलदेवले ट्विटरमा जारी सन्देशमा भनेका छन्, “हामीलाई पाकिस्तानप्रति समर्पण र देशप्रेमको सट्टामा पाकिस्तानको सत्तासीन दलका मन्त्रीले यस्तो अप्मंजनाक्क टिप्पणी गररेका छन् । उनले बुझ्नुपर्दछ पाकिस्तानमा ४० हिन्दूहरू छन् र उनकी पार्टीमा पनि हिन्दू सांसद रहेका छन् ।”

त्यस्तै विपक्षी पार्टी मुस्लिम लीग नवाजका नेता ख्वाजा आसिफले फैयाज चौहानलाई ‘असभ्य’को संज्ञा दिएका छन् । उनले भनेका छन्, “पाकिस्तान धार्मिक रंग र कुनै भेदभावबिना २२ करोड पाकिस्तानीहरूको देश हो ।

त्यस्तै नायिका माहिरा खानले पनि मन्त्री चौहानको आलोचना गर्नुका साथै उनीविरुद्ध कारवाही हुनुपर्ने बताएकी छिन् ।

बिबिसी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: