Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

छाउपडी प्रथाबारे संसदमा छलफल हुँदै

काठमाडौं, फागुन २२ । प्रतिनिधिसभामा बुधबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित छाउपडी प्रथामाथि नेकपा सांसद विन्दा पाण्डेले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुदैछ ।

प्रतिनिधिसभाको बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।

सुदुरपश्चिमका पहाडी जिल्ला र कर्णाली प्रदेशमा व्याप्त कुप्रथाबाट महिलाहरु प्रताडित हुने गरेको भन्दै रोकथामको उपाय अवलम्बन गराउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यसहित सूचना दर्ता गराएको सांसद पाण्डेको भनाई छ । प्रतिनिधिसभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने छ भने बिभिन्नि विधेयकहरु बैठकमा टेबुल हुने कार्यसूची छ ।

सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै पारमाणविक विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायीत्व विधेयक विधेयक प्रक्रियामा अगाडि बढ्नेछन् । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: