Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

निर्मला हत्याकाण्डका दोषी अब छिट्टै कानूनी कठघरामाः गृहमन्त्री थापा

धनगढी, फागुन २२ । सुरक्षा गोष्ठीका लागि सदूरपश्चिम पुगेका गृहमन्त्री थापा ‘बादल’ले बुधबार बिहान धनगढीमा कुरा गर्दै यस्तो दाबी गरेका हुन् ।

उनले भने, ‘यो प्रकरणमा सुरुमा हाम्रा केही निकायहरूको लापरबाहीले गर्दा अनुसन्धानमा जटिलता पैदा भएको हो । अहिले अनुसन्धान जारी छ। हामी चाँडोभन्दा चाँडो अपराधीहरूलाई कानुनी कठघरामा उभ्याउँछौं ।’

गत साउन १० गते गृहकार्य गर्न साथीको घर गएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरेको अवस्थामा भोलिपल्ट साउन ११ गते उखुबारीमा शव फेला परेको थियो। उक्त घटनामा प्रहरीले धेरैलाइ पक्राउ गर्ने छाड्ने गरे पनि अहिलेसम्म वास्तविक दोषी पत्ता लगाउन सकेको छैन ।

विध्वंसात्मक गतिविधिप्रति सरकार कठोर

यस्तै गृहमन्त्री थापाले बम विस्फोट लगायतका ध्वंसात्मक गतिविधिप्रति सरकार गम्भीर रहेको बताएका छन् । विप्लव नेकपाप्रति संकेत गर्दै उनले यस बीचमा केही समूहले बम विस्फोटजस्ता विध्वंसात्मक गतिविधि गरेको बताउँदै त्यसलाई नियन्त्रण गर्न सरकार लागिपरेको बताए ।

विप्लव नेकपाको नाम निलइकनै गृहमन्त्री थापाले भने, ‘केही समूहले यो बीचमा विस्फोटन, विध्वंशात्मक गतिविधि गरेका छन्, त्यसमा पनि सरकार गम्भीर छ, यसलाइ सरकारले सरकारले नियन्त्रण गर्छ । मूलभूत रुपमा गरिसकेको पनि छ।’

अन्तर्राष्ट्रिय सम्बन्ध सुधार

गृहमन्त्री थापाले सरकारले बितेको एक वर्षमा अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गरेको दाबी गरेका छन्। उनले सरकारको एक वर्षको समीक्षा गर्दै दक्षिण र उत्तरका छिमेकीसँग सम्बन्ध विस्तार भएको बताएका हुन् ।

सुरक्षा गोष्ठी सुरु

सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ। बुधबार एक दिन चल्ने गोष्ठीमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, प्रमुख सचिव नारायण बिडारी, तीनवटै सुरक्षा निकायका प्रमुख सहभागी छन् । यसैगरी चारवटै सुरक्षा निकायका प्रादेशिक प्रमुख, प्रदेशका नौवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुखलगायतको सहभागिता छ ।

गोष्ठीमा प्रदेशको शान्ति सुरक्षाको अवस्था, चुनौती र त्यसका समाधानका उपायबारे छलफल हुने बताइएको छ। नेपालखबरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: